बालकृष्ण समको १२१ औं जन्मजयन्ती पोखरामा मनाइदै

पाेखरा | माघ २५, २०८०

बालकृष्ण समको १२१ औं जन्मजयन्ती पोखरामा मनाइदै

पोखरा:      यही माघ २७ गते नाट्यसम्राट बालकृष्ण समको १२१ औ जन्मजयन्ती पोखरामा मनाउने तयारी गरिएको छ ।
    

नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा स्वदेश एवम् विदेशमा ख्यातीप्राप्त नाट्यकर्मीहरूको सहभागितामा कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रा.डा.रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न तीनवटा कार्यपत्रमा छलफलका साथै युवा नाट्यकर्मी केदार नाथ पौडेद्वारा लिखित एवम् निर्देशित नाटक भ्रुण मञ्चन गरिने प्रतिष्ठानले जनाएको छ ।


उक्त अवसरमा प्रा.डा.रामचन्द्र पोखरेलको बालकृष्ण समको रङ्गमञ्चीय चेतना, डा. अशोक थापाको बालकृष्ण समको गुणात्मक नाट्य योगदान र भारत, कालेबुङका नाट्यकर्मी सि.के. श्रेष्ठको नेपाली नाटकः हिजो, आज र भोलि शीर्षकका कार्यपत्र प्रस्तुत भै छलफल एवम् अन्तरक्रिया गरिने छ । कार्यक्रममा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया र हरिहर शर्मालाई अभिनन्दन गरिने अध्यक्ष डा.पोखरेलले जानकारी दिनुभयो । 


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, प्रायोजक तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र इन्द्रेणी थिएटर, पोखरा प्रवद्र्धक रहेको कार्यक्रममा भारतबाट बरिष्ठ नाट्यकर्मी सि के श्रेष्ठ, भारतीय नेपाली नाट्य प्रतिष्ठानका अध्यक्ष डा विजय रुचाल, बरिष्ठ नाट्यकर्मीहरू दार्जिलिङका पी अर्जुन, सिलगढीका कृष्ण प्रधान, सिक्किमका चुन्नीलाल घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, प्रतिष्ठानका पूर्व कुलपति एवम् बरिष्ठ नाट्यकर्मी सरुभक्त, अनुप बराल लगायत स्वदेशी एवम् विदेशी नाट्यकर्मी, अभिनेता एवम अनुसन्धाता गरी १५० जना उपस्थिति हुनुहुने जनाइएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले उद्घाटन गर्नुहुने कार्यक्रमको समापनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रमुख अतिथि रहनुहुने पोखरेलले जानकारी दिनुभयो ।
 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्